Posts

एक रहस्यमयी स्थान- स्याङ्जाको उत्तरवाहिनी क्षेत्र !

Image
©खेम गैह्रे म कालीगण्डकीको किनारमै जन्मेर हुर्केको मान्छे। बिहान सबेरै जब सूर्यका किरणहरू पहाडको टुप्पोबाट निस्केर हाम्रो गाउँमा पर्थे, गण्डकीको सुसाउने आवाजसँगै म निद्राबाट ब्यूँझिन्थेँ। त्यो आवाज मेरो लागि निदाउने धुन पनि थियो र उठाउने अलार्म पनि । हाम्रो बाल्यकालको खेलमैदान भनेकै कालीगण्डकीको किनार थियो। त्यहीँ हामी नुहाउँथ्यौं, पौडिन्थ्यौं, गाई चराउँथ्यौं, पानीमा ढुङ्गा हान्दै कस्ले टाढा पुर्‍याउने भन्दै खेल्थ्यौं, तातो बालुवामा सुत्थ्यौं। पानीको छालसँग खेल्दा समय कसरी बित्थ्यो, थाहा नै हुँदैनथ्यो। त्यो बेला हामीलाई थाहा थिएन, यो केवल हाम्रो रमाइलोको स्थान मात्र होइन, धार्मिक र ऐतिहासिक दृष्टिले पनि अति महत्त्वपूर्ण भूमि हो। सायद सबैका यस्तै कुराले त उखान बन्यो होला-  "नजिकको तीर्थ हेला"।  गाउँमा ठूलो चहलपहल हुने दिनहरू एकादशी, माघे सङ्क्रान्ति र बैशाखे सङ्क्रान्ति। ती दिन बिहानै उठेर हामी आमाको पछि लागेर गण्डकी स्नान गर्न पुग्थ्यौं। पानी चिसो हुन्थ्यो, तर केटा-केटीमा त्यो चिसोपन खास्सै वास्ता हुदैनथ्यो। स्नानपछि बगरको बालुवामा खेल्ने, अनि फर्किँदा हातमा शालग्राम लिएर आउँ...

कोलाहलबाट टाढा- खप्तडको मौनतामा !

Image
(यात्रा अनुभव २०८२ साउन १ गतेदेखि ७ गतेसम्म) ©खेम गैह्रे बिगत १० वर्षदेखि हामी आठ जना साथीहरु सँगै साउन महिनामा ५-६ दिनको यात्रा गर्ने हाम्रो परम्परा नै बसिसकेको छ। हरेक वर्ष हामी फरक-फरक स्थान रोज्छौं;  कहिले पूर्वका पहाड, कहिले मधेश, त कहिले मध्य-पश्चिमका डाँडाकाँडा। यसपटकको यात्रा अझै रोमाञ्चक र अर्थपूर्ण बन्यो, किनभने हाम्रो गन्तव्य थियो सुदूरपश्चिम प्रदेशको खप्तड राष्ट्रिय निकुञ्ज। साथीहरू स्याङ्जाको वालिङ र गल्याङबाट आउनु भएको थियो, म भने बुटवलबाट मिसिएँ। स्कार्पियो गाडीमा हामी आठ जनाको टोली बन्यो। पहिलो दिन धनगढी पुग्ने लक्ष्यसाथ हामी पूर्व-पश्चिम राजमार्ग हुँदै हुइँकियौं। बाटो लामो थियो, तर गफगाफ, हाँस्यरस, पुराना सम्झनाहरूले यात्रा रमाइलो बनाइदियो। पहिलो रात धनगढीमा विश्राम गर्‍यौं। त्यहाँको फराकिलो बाटो र न्यानो वाहाले हामीलाइ स्वागत गरेजस्तो लाग्यो। धनगढीसम्मको यात्रा त गफ र हाँसोमै बित्यो। गाडीको इन्जिनभन्दा चर्को आवाज त हाम्रो हाँसोको हुन्थ्यो। हाम्रो यात्राको एउटा रमाइलो नियम छ-  यात्रा भरिमा जसले जसलाइ उडाए पनि, जिस्काए पनि, कोही रिसाउने छैन ! यदि कोही रिसाउँछ य...

बाँदर गाउँ पसे, मान्छे सहर !

Image
  ©खेम गैह्रे गाउँमा पुस्तौंदेखि खेती गरिने खेतबारी, अहिले ती खेतबारीमा हरियो बाली होइन, बाँदरको हुल दौडिरहेको छ। जहाँ आँगनमा बिहान उठ्नेबित्तिकै केटाकेटी खेलेको, चिच्याएको आवाज आउँथ्यो, अहिले त्यहि आँगनमा बाँदर कराएको र धपाएको आवाज सुनिन्छ। कहिले काँही लाग्छ गाउँ अब बाँदरकै स्वामित्वमा गयो। गाउँलेहरुत केवल बाँदरले कहिलेसम्म गाउँमा टिक्न दिन्छन् भनेर दिन गन्दै छन् । जहाँ खेतबारीमा हरियो मकै हुर्कँदा किसानको अनुहारमा मुस्कान फुल्थ्यो। आज त्यही गाउँ रित्तिँदैछ। अनि गाउँको रित्तिएको आँगनमा उफ्रिदै, कराउँदै बाँदरहरूको हुल नाचिरहेको छ। विडम्बना, जहाँ बाँदर जङ्गल बाट गाउँमुखी हुँदै गएका छन् भने मानिस बाँदरकै उत्पातका कारण सहरमुखी हुन बाध्य छन्। यो कुनै कल्पनाको कथा होइन, पहाडी ग्रामिण क्षेत्रको दैनिकी हो। सहरका अग्ला घरहरूमा बस्नेहरूले यो पिडा बुझ्न सक्दैनन्। तर जो खेती गरेर बाँचेका छन्, बिहानको घामसँगै बारीमा पसिना बगाउँछन्, बाँदरको त्रासले अब गाउँमा बाँच्नै नसक्ने अवस्थामा पुगेका छन्। एकदिन गाउँको छेउमा भेटिएका एउटा दाइको अनुहार आजसम्म बिर्सन सकेको छैन, शरिर पसिनाले निथ्रुक्कै भिजेको थ...

कहिल्यै स्कुल नजाने हेडसर !

Image
©खेम गैह्रे २०८२ असार २३  आजकल मैले छोराको होमवर्क गराउँदा बारम्बार गुगल सर्च गर्नु पर्ने हुन्छ। कस्तो अचम्म लाग्छ, कहिलेकाहीं छोरोले सोधेका प्रश्न मलाई पनि थाहा हुँदैन। म आफ्नो स्कूल जीवन सम्झन्छु, जहाँ न त यस्तो जटिल पाठ्यक्रम थियो, न त कोही घरमा पढाइमा साथ दिने कोही हुन्थे। अनि लाग्छ बच्चाको पढाइको आधार त सानैमा तय गर्नुपर्दोरहेछ। म बाल्यकालमा एउटा सानो गाउँको प्राथमिक विद्यालयमा पढ्थें। घरदेखि स्कुल धेरै टाढा थिएन, यही सहजताको कारण आमाबाबुहरूले मलाई त्यही स्कुलमा भर्ना गरिदिनुभयो। केटाकेटी हिंड्न सक्दैनन भनेर टाढाको हाइस्कुलमा पढाउन कोही चाहँदैनथे, स्कूल गए पुग्छ! भन्ने सोच प्रचलित थियो। पढाइको स्तर, शिक्षण पद्धति, सिकाइको प्रभाव यी सबै कुराले खासै मतलव राख्दैनथे। हामीजस्तो सामान्य परिवारमा शिक्षाको मतलब थियो बच्चा स्कुल गयो कि गएन। किताब किनिदिएपछि अभिभावकको जिम्मेवारी सकिन्थ्यो। स्कुल गएपछी पढ्या त होला नि ! भन्ने सोच प्रबल थियो। न त बच्चाले पढेको हेर्ने चलन थियो, न त होमवर्क गरेको जाँच्ने। आज म छोराले लेखेको एक एक शब्द ध्यानपूर्वक पढ्छु। उसले के बुझ्यो, के लेख्यो, शिक्षकले क...

खरबारीको बाटो हुँदै वर्तमान सम्म !

Image
©खेम गैह्रे २०८२ असार २३  समय कति छरितो चालले अघि बढ्दो रहेछ! लाग्छ, यो कुनै उकालो चढिरहेको खोली हो, जुन आफूलाई सम्हाल्न नपाउँदै बग्दै जान्छ। हिजो जुन कुरा सामान्य लाग्थ्यो, आज त्यसैलाई सम्झिँदा मन अचम्मले भरिन्छ। कहिले काँही त विश्वासै लाग्दैन म वास्तवमै त्यस्तो जीवन बाँचेको थिएँ? अहिलेका बालबालिकाहरू बिहान ८ बजे उठेर मोबाइलको स्क्रिन हेरिरहेका हुन्छन्। ऊ बेला भने, हामी बिहानको झिसमिसे उज्यालोमा आँखा मिच्दै उठ्थ्यौं। बिहान घामै नउदाउँदै- "ए घामले पोलिसक्यो उठ " भन्ने आमाको आवाज बिहानको अलार्म जस्तै हुन्थ्यो। त्यो बेला खरबारी स्कुलजस्तै थियो- शारीरिक श्रमको, धैर्यताको, र जीवन बुझाइको पहिलो पाठशाला। म १०–१२ वर्षको थिएँ होला, जब एक्लै टाढाको  खरबारीमा घाँस काट्न जान्थेँ। हातमा हँसिया नाम्लो, सुनसान बाटो, कहिलेकाहीँ बाँदरको डर।  कहिलेकाहीँ, बालसुलभ कल्पनाले ममाथि राज गर्दथ्यो। बोटमुनि बसेर हावाको चालसँगै पातहरूको सुस्केरामा, घाँसको गन्हाउने गन्धमा हँसियाले भुइँमा ट्वाक-ट्वाक  हान्दै भविष्यका सपना बुनिन्थ्यो। अनि बिस्तारै फर्कने बाटो समाइन्थ्यो, जसमा दुःख पनि थियो र तृप्...

मैले सहर रोजें, छोराले विदेश रोज्ला !

Image
©खेम गैह्रे २०८२ असार २३  म पहिलो पटक स्याङ्जा बाट बुटवल झर्दा, त्यो मेरो लागि एउटा नयाँ संसार जस्तै थियो। टाढाबाट चम्किएजस्तो देखिने चिल्ला सडक, लाइन लागेका पसलहरू, गाडीहरूको हर्न, ठूला घरहरू, व्यस्त मान्छेहरू... सबै एकैचोटि अपरिचित लाग्थे। गाउँको शान्त वातावरणमा हुर्किएको मेरो मनलाई यो भीडभाडको जीवनले सुरुमा अलमल्यायो। तर गाउँबाट पहिल्यै झरेका बा का तरेलीहरू र आफन्तहरू भेट्न थालेँ। केही दिन उनीहरूको संगतमा बित्यो। उनीहरूसँग हिँड्दा प्रायः एउटै किसिमको कुरा सुनिन्थ्यो- "हामी यहाँ झरेका बेला कति सस्तो थियो जमाना! अहिलेको यो घर भएको ठाउँ त दस हजारमै किनेका थियौं।"   म 'ओहो!' भन्दै जिब्रो टोक्थें, आश्चर्यचकित हुन्थेँ। त्यसपछि मनमनै प्रश्न उठ्थ्यो मेरा बा पनि त्यसबेला तराइ झरेको भए कस्तो हुन्थ्यो होला! आफ्ना बा को अनुहार सम्झन्थेँ। गाउँका खेतबारी, माटाका घर, हाँस्ने खेल्ने गाउँले जीवन... त्यसैमा रमाएका बा सहर झर्ने कुरा कहिल्यै सोंच्नुभएन कि सोच्दा पनि त्यति सजिलो थिएन होला। म भने हेर्दै गएँ- उबेला तराइ झरेका बा का तरेली साथीहरूका अहिले शहरमा ठूला घर र गाडी भएका छन्। सस्...

छोराको होमवर्क गराउन गुगलको सहारा !

Image
©खेम गैह्रे २०८२ असार २३  समय: ४:४१ दिउँसो आजकल मैले छोराको होमवर्क गराउँदा बारम्बार गुगल सर्च गर्नु पर्ने हुन्छ। कस्तो अचम्म लाग्छ, कहिलेकाहीं छोरोले सोधेका प्रश्न मलाई पनि थाहा हुँदैन। म आफ्नो स्कूल जीवन सम्झन्छु, जहाँ न त यस्तो जटिल पाठ्यक्रम थियो, न त घरमा पढाइमा साथ दिने कोही हुन्थे। अनि लाग्छ बच्चाको पढाइको आधार त सानैमा तय गर्नुपर्दोरहेछ। म बाल्यकालमा गाउँको सानो प्राथमिक विद्यालयमा पढ्थें। घरदेखि स्कुल धेरै टाढा थिएन, यही सहजताको कारण आमाबाबुले मलाई त्यही स्कुलमा भर्ना गरिदिनुभयो। केटाकेटी हिंड्न सक्दैनन भनेर टाढाको हाइस्कुलमा पढाउन कोही चाहँदैनथे, स्कूल गए पुग्छ! भन्ने सोच प्रचलित थियो। पढाइको स्तर, शिक्षण पद्धति, सिकाइको प्रभाव यी सबै कुराले खासै मतलव राख्दैनथे। हामीजस्तो सामान्य परिवारमा शिक्षाको मतलब थियो बच्चा स्कुल गयो कि गएन। किताब किनिदिएपछि अभिभावकको जिम्मेवारी सकिन्थ्यो। स्कुल गएपछी पढ्या त होला नि ! भन्ने सोच प्रबल थियो। न त बच्चाले पढेको हेर्ने चलन थियो, न त होमवर्क गरेको जाँच्ने। पढाइमा बालबालिकाको रुचिले कति ठूलो भूमिका खेल्छ भन्ने कुरा मैले आफ्नै अनुभवबाट बुझ...