पण्डितको पेट मन्त्रले भरिँदैन!
खेम गैह्रे गल्याङ नगरपालिका-१, मालुङ्गा, स्याङ्जा। हामी आफैं थोरै दक्षिणा दिन्छौं अनि आफैं पन्डित लोभी हुन्छन भनेर तुच्छ टिप्पणी गर्छौं। हामी अरु पेशालाई सम्मान दिन्छौं डाक्टर, इन्जिनियर, वकिल, मिस्त्री, जे भए पनि पहिले पारिश्रमिक कति हो भनी सोध्छौं, सहमति गर्छौं। तर पण्डितको हकमा? गोप्य रुपमा खाम दिन्छौं। हामी कहिल्यै सोंच्छौं त पन्डित कसरी पन्डित बन्यो ? उसले सानै उमेरमा घरपरिवार छाड्यो। कठ्यांग्रीदो पुषे जाडोमा न त गतिलो ओढ्ने कम्बल, न त राम्रो खाइपाइ। गुरुकुलमा बसेर, टुप्पी कसेर, चिसो भुइँमा पाठ गर्यो। बिहान सबेरैदेखि रातिसम्म मन्त्र, शास्त्र, कर्मकाण्ड र वेद अध्ययन गर्यो। त्याग गर्यो, तपस्या गर्यो, तब मात्र उसले पण्डित को पदवी पायो। मेरो घर नजिकै गुरुकुल शिक्षालय छ। एकदिन एउटा सानो बच्चा ठूलो झोला बोकेर ओरालो झर्दै रहेछ मैले मोटरसाइकल रोकेर भनें- बाबू गुरुकुल जाने हो? बस म पुर्याइदिन्छु- उ बस्यो । झर्नेबेलामा सोधें घर कहाँ हो?- बाग्लुङ ! कतिकक्षामा पढ्छौ?- ६ कक्षामा। अनि सोंधे कति वर्षको भयौ?- अस्ति बाट १० वर्षको पुगेर ११ को लागें। उसको उत्त...