बुवासँग बिताएका अन्तिम पल !
©खेम गैह्रे (०७१ असोजको कुनै एकरात) (बा आमा अनि म २०६९ वैशाख १७ गते) २०७१ साउन १९ गते सोमबार। फोन भाइब्रेसनमा थियो दिउँसो करिब तीन बजेतिर मोबाइल खल्तिमा थर्कियो एसो हेरें आमाको फोन रहेछ 'हजुर' भन्न नपाउँदै आमाको कम्पायमान स्वर सुनें 'बाबु बा आत्तिनु भयो छिटो घर आइज' हतार-हतार पसल बन्द गरेर घर तिर हानिएँ। घर पुगेर बुवालाइ हेर्दा म पनि अत्तालिएँ लामो लामो सास जबर्जस्ति तानिरहनु भएको थियो। मानौं संसारमा भएको हावा जति सबै एकै झ्वाँकमा आफैले तान्न खोज्दै हुनुहुन्छ,अवस्था हेर्न लायक थिएन हतार नगरी एम्बुलेन्सलाई फोन गरें। केही तल बोकेरै झार्नुपर्ने भएकाले बोक्ने प्रयास त गरें तर उहाँको अवस्था सहज थिएन एक्लै बोक्न सकिने अवस्था थिएन तैपनी साहस गरेरै एम्बुलेन्स सम्म ल्याइपुर्याएँ र गाउँकै प्राथमिक स्वास्थ केन्द्रतर्फ हानिएँ।त्यतिबेला सम्म दाइपनि आइपुग्नु भयो। अस्पताल पुर्याएपछी त लाग्यो अब त बुवालाइ सजिलो होला तर उहाँको पिडादायी अवस्था अझै उस्तै थियो। यस्तै क्रममा रातको १० बजेतिर डा.सन्दिप श्रेष्ठले भने 'बुवाको अवस्था निकै नाजुक छ जतिसक्यो छिटो पाल्पा लैजानुस। आइसियु लान पर्न...