खेम गैह्रे
गल्याङ् नगरपालिका~१, मालुङ्गा, स्याङ्जा।
‘भुँडी’ अर्थात् हाम्रो जीवन,यी दुइ शव्द पर्यायवाची जस्तै
हुन्,हाम्रो जीवन नै भुँडी हो भन्दा फरक पर्दैन हामी यै भुँडीका लागि मरिहत्य
गर्छौं कतिबेलै फुर्सद हुदैन कारण यै भुँडी. यै भुँडीका लागि कसैले कसैको अपहरण गर्छ
त कसैले कसैको हत्या गर्छ,जो कोहि पनि पृथ्वीमा अवतरण गर्ने वित्तिकैको पहिलो
चित्कार नै यै भुँडीका लागि हुन्छ ! यो बाहिर बाट हेर्दा जति सरल देखिन्छ
भित्र त्यतिनै जटिल पनि छ, मैले भुँडीलाइ दुई भागमा विभाजन गरेको छु- ‘घैंटे भुँडी र
कोप्रे भुँडी अर्थात् गडेको भुँडी’ यी दुइ भुँडीमा निर्माण
हुने आची भने एउट हुन्छ फरक यत्ति हुन्छ कसैको भुँडीमा चौरासी व्यंजन पचेको
हुन्छ त कसैको भुँडीमा सिस्नोको साग, कसैको भुँडी खडेरीमा लाइनमा राखेको गाग्री
जस्तो खाङ्गारिएको हुन्छ त कसैको वर्षाको गाग्री जस्तो छताछुल्ल. नेपालको
सन्दर्भमा हेर्ने हो भने भरिएको भन्दा खाङ्गारिएकै भुँडीको बाहुल्यता पाइन्छ, खै
कहिले सम्म रहन्छ यस्तो विभिदता ? कैले भरिन पाउँछन ति उजाडिएका भुँडीहरु? यस्तै भित्रि
भुँडीमा जति विषमता पाइन्छ त्यो भन्दा बढी बाहिरको भुँडीमा पाइन्छ !
तपाइँको
भुँडी कस्तो छ ? यदि तपाइको भुँडी ठुलो वा ‘घैंटे’ वर्गमा पर्छ भने तपाइँ कहिँपनि
पछी पर्न पर्दैन किनकि तपाइँलाई सम्मान त्यहि भुँडीले दिन्छ, अब कुरा गरौँ मेरो-
मेरो भुँडी कोप्रे वर्गमा पर्छ अर्थात् मेरो भुँडीले मलाई ईज्जतको आभास गराउदैंन
त्येसैले मलाई घैंटे वर्गका मान्छे देख्यो कि चिलाउने बेथा लागिहाल्छ,मलाई यस्तो
लाग्छ यी घैंटेहरु सामन्ती हुन्छन,लोभी हुन्छन,अरुको पसिनामा रमाउन माहिर हुन्छन
याद गर्नुस कतै तपाइँका यस्ता विशेषता त छैनन- “ठुलो भुँडी,सरकारी जागीर,बि.पी हाइ
र मधुमेह यी सबै गुणयुक्त लाइ अख्तियारले भटाभट समाउने हो भने अपवाद बाहेक सबै
घुस्याहा नै हुन्छन”-अनुमानमा आधारित !
जे होस् मलाई घैंटे वर्गको भुँडी अलि मन
पर्दैन हुन त तिनै वर्गका वरिस्ठहरुलाई पनि आफ्नै भुँडी देखि रिस उठ्दो हो, मैले
एकजना घैंटे वर्गका वरिस्ठले पोखेको आफ्नै पिडा सुनेको छु “के गर्नु भाई यो लाद्रो
कसरि बढ्यो मलाई नै थाहा छैन छोड्न मिल्ने भए त घरमै छोडेर हिड्थे” भन्दै गुनासो
पोखे मैले पनि सहानुभूति प्रकट गर्दै व्यंग्यात्मक पारामा- ‘यो त तपाईंको सान हो,
तपाइंको ठुलो मान हो, भलादमी पनको पहिचान हो, मैले नपाएर तपाइले कुर्ची पाउनु पनि
यसैको अर्को तान हो, तपाइँलाई काटेरै बेचेपनि कमसेकम मेरो भन्दा धेरै मूल्य त पर्छ
यसैमा गर्व गर्नुस’ के भनेको थिए बुढा ठुस्स पर्दै हिँडे !
भुँडीले
यति सम्म सम्मान दिने रैछ भन्ने त एउटा भतेर कार्यक्रममा मेरै आखालेनै देख्यो –एउटा
कोप्रे वर्गका वरिस्ठे एउटा कुनामा बसिरहेका थिए त्यतिकैमा एउटा घैंटे वर्गका
कनिस्ठेको आगमन भयो सबैले उनलाई कुर्ची छोड्दै बस्न अनुरोध गरेको देख्दा यस्तो
लाग्यो हैन भुडी त ठुलै बनाउन पर्ने रैछ, जे होस् मलाई सम्मानका खातिर भुडी ठुलो
बनाउन परेको छैन,लक्ष्मीप्रसाद देवकोटाले भलादमी निबन्धमा सुकिला भलादमी लाइ
कुकुरले पनि भुक्दैन भनेका थिए तर अचेलका कुकुर त धेरै विकसित भैसकेछन भुस्याहा
कुकुरले पनि घैंटे वर्गका लाइ भुक्न छोडिसकेछन !
आज
यै भुँडीका लागि कति मानिसले अकालमा ज्यान गुमाएका छन् त कतिले अरुको ज्यान लिएका
छन्, तपाइँलाई कसैले सोध्यो जीवन के हो ? तपाइँ जे भन्नुस तर म त भन्छु मेरो जीवन
नै भुँडी हो र मेरो जीवनको पहिलो लक्ष नै
यै लाद्रो भर्नु हो मेरो जीवनको पहिलो चित्कार नै यसैका लागि भएको हो र अन्तिम
सम्म पनि म यसैमा लागिपर्छु जतिसुकै ठुला र आदर्शका कुरा गरे पनि मानिस यै भुँडीका
लागि आफ्नो जीवन व्यतित गरेको हुन्छ,कमाउनै खोजेको हुन्छ जमाउनै खोजेको हुन्छ किनकि
उसलाई भुँडीले ह्वीप जारि गर्छ जसरि भए पनि मलाइ भर,अरुको आदेश त मान्छेले नमान्ला
तर यसको आदेश नमान्ने व्यक्तिव पृथ्वीमा पैदा भएकै छैन !
घैंटे
भुँडीले भलादमी पनको पहिचान त दिन्छ-दिन्छ यसले धनि वर्गको भन्ने संकेत पनि गर्दो हो
त्यसैले मोटरमा यात्रा गर्दा कोप्रे वर्गकै ले भाडा दिने भएपनि कन्डक्टरले घैंटे
वर्गको वरिस्ठे सँगै माग्छन ! यै हो भुँडीको अर्को विशेषता,चाहे त्यो घैंटे
वरिस्ठ ज्वाई कै पैसामा गाडी चढ्ने ससुरो नै किन नहोस !!! (गल्याङपोस्ट साप्ताहिकमा प्रकाशित)
Comments
Post a Comment