Posts

Showing posts from June, 2025

यो देशमा अरु सबै ज्युँदो छ तर विवेक मरिसक्यो।

Image
विचार- खेम गैह्रे  आफुँलाइ मन परेको ब्यक्तिको बिपक्षमा निर्णय आयो भने अदालत बिक्यो भन्ने र मन परेको ब्यक्तिको पक्षमा फैसला आयो भने न्याय मरेको रैनछ भन्ने। आफ्नो पक्षको समाचार आयो भने कान्तिपुर, सेतोपाटी, अनलाइनखबर जे मा आएपनि शेयर गर्ने र आफ्ना मान्छेको विरुद्धमा समाचार आयो भने १२ भाइ भनेर गाली गरिहाल्ने। यदि उनिहरुको विस्वास लाग्दैन भने आफ्नो पक्षमा समाचार आउँदा पनि ती मिडियालाइ बहिस्कार किन नगर्ने?  नयाँको तारिफ गरे स्वतन्त्र नागरिक भइने र गलत भएछ,  यस्तो चैं गर्न नहुने भनेर सकारात्मक  आलोचना वा फरक बिचार राख्ने लाई झोले भनिहाल्ने । न्यायको परिभाषा पक्ष र बिपक्षमा फरक गर्ने। त्यही अदालत अनि त्यही पत्रीका कहिले बिक्छ कहिले न्याय दिन्छ। आफ्नो पक्षमा फैसला आउँदा न्याय ज्युँदो हुन्छ र बिपक्षमा आउँदा न्याय मर्छ। सहि लाइ सहि र गलत लाई गलत भन्ने साहस गरौं। आफ्नो आस्था परै राखेर थोरै भएपनि आफ्नो विवेक प्रयोग गरौं।

फेक न्युजको महामारी !

Image
लेखक खेम गैह्रे (कुनै सामग्री पढेर शेयर गर्नु अघि स्रोत खोज्ने, तुलना गर्ने, कसरी आयो, किन आयो र कसले लेख्यो? भनेर पनि सोच्न थालौँ। फोन मात्र होइन, सोंच पनि स्मार्ट बनाऔं, डिजिटल मूर्ख हुनबाट बचौं।) अहिले मोबाइल फोन, इन्टरनेट र सामाजिक सञ्जालको आगमनले आम मानिसको हातमै सूचना पुर्‍याएको छ। अब रेडियो, टेलिभिजन, अखबार कुर्नु पर्दैन; सूचना आफैं मोबाइलको स्क्रीनमा झर्दछ। तर यही सूचना सहजताको युगमा एउटा यस्तो समस्या मौलाएको छ, जसले सत्य र असत्यको सीमारेखा नै मेट्न थालेको छ- "फेक न्युज !" अर्थात् झूटा समाचार। फेक न्युज अब केवल हास्यास्पद अफवाह होइन, यो जनमत निर्माणमा प्रभाव पार्ने एउटा गम्भीर, संगठित र खतरनाक हतियार बनेको छ। सामान्यतया समाचार भन्ने बित्तिकै सत्य हुने विश्वास हाम्रो चेतनामा गहिरो गडेको छ। यही विश्वासको जमिनलाई फेक न्युजले ढाल्ने काम गर्छ। यस्तो समाचारले कुनै घटना घट्नुअघि नै झूटो विवरण दिन सक्छ, कुनै व्यक्तिको छविलाई नोक्सान पुर्‍याउँन सक्छ, वा कुनै सामाजिक समूहबारे गलत धारणा निर्माण गर्न सक्छ। यो केवल पत्रकारिताको संकट होइन, यो सामाजिक संरचनामाथिको नै आक्रमण हो। जुन ...

सडक आयो तर गाउँ रित्तियो!

Image
खेम गैह्रे गल्याङ नगरपालिका~१, मालुङ्गा, स्याङ्जा।  -अब हाम्रो गाउँमा पनि गाडी आउँछ है! केही दशक अगाडि यो वाक्य गाउँमा सपना जस्तो लाग्थ्यो। कडा मेहनत, जनश्रमदान, राजनीतिक दबाब र सरकारी योजनाबाट बल्लतल्ल खोल्सामा पुल बन्दै गाडी गुड्ने बाटो त बन्यो। आज, त्यही सडक हुँदै गाडी त आउँछ, तर त्यसलाई हेर्ने मान्छे नै गाउँमा छैनन्। कतै खाडीतिर, कतै सहरतिर, अनि कतै युरोप अमेरिकाको अपार्टमेन्टभित्र लुकेर गाउँका छोराछोरीहरू हराएका छन्। सडक पुगे पनि गाउँ रित्तिएको छ। नेपालका अधिकांश ग्रामीण भेगमा सडक निर्माणलाई विकास को पर्याय मानियो। जब चुनाव नजिक आउँछ, उम्मेदवारहरू भन्छन्, सडक बनाइदिन्छु। सडकलाई विकासको मापन गर्ने बानी बसालिएको छ। सडक आयो भने अस्पताल आउँछ, स्कुल आउँछ, बजार आउँछ भन्ने आशा गरिन्छ। तर, वास्तवमा के भयो? गाउँमा अहिले सडक छ, ट्र्याक्टर गुड्छ, गाडी पनि पुग्छ। तर घरका ढोकामा ताल्चा छन्। उकालो ओरालो खेल्नपर्ने बालबालिका अब सहरको बन्द कोठाभित्र मोबाइल स्क्रिनमा रमाइरहेका छन्, युवाहरु गाउँको विकास फेसबुकमा हेरिरहेछन त्यो पनि कुनै देश वा शहरको कोठाभित्र बसेर । युवाशक्ति, जसले गाउँको भविष्य...