यो देशमा अरु सबै ज्युँदो छ तर विवेक मरिसक्यो।

विचार- खेम गैह्रे 


आफुँलाइ मन परेको ब्यक्तिको बिपक्षमा निर्णय आयो भने अदालत बिक्यो भन्ने र मन परेको ब्यक्तिको पक्षमा फैसला आयो भने न्याय मरेको रैनछ भन्ने। आफ्नो पक्षको समाचार आयो भने कान्तिपुर, सेतोपाटी, अनलाइनखबर जे मा आएपनि शेयर गर्ने र आफ्ना मान्छेको विरुद्धमा समाचार आयो भने १२ भाइ भनेर गाली गरिहाल्ने। यदि उनिहरुको विस्वास लाग्दैन भने आफ्नो पक्षमा समाचार आउँदा पनि ती मिडियालाइ बहिस्कार किन नगर्ने? 


नयाँको तारिफ गरे स्वतन्त्र नागरिक भइने र गलत भएछ,  यस्तो चैं गर्न नहुने भनेर सकारात्मक  आलोचना वा फरक बिचार राख्ने लाई झोले भनिहाल्ने । न्यायको परिभाषा पक्ष र बिपक्षमा फरक गर्ने। त्यही अदालत अनि त्यही पत्रीका कहिले बिक्छ कहिले न्याय दिन्छ। आफ्नो पक्षमा फैसला आउँदा न्याय ज्युँदो हुन्छ र बिपक्षमा आउँदा न्याय मर्छ। सहि लाइ सहि र गलत लाई गलत भन्ने साहस गरौं। आफ्नो आस्था परै राखेर थोरै भएपनि आफ्नो विवेक प्रयोग गरौं।





Comments

Popular posts from this blog

बदलिएको दाइजो प्रथा- एक दिनको इज्जत

बाह्र-भाइ मिडिया

पण्डितको पेट मन्त्रले भरिँदैन!