Posts

Showing posts from July, 2025

एन्टेना घुमाउँदै टिभी हेर्ने त्यो पुस्ता !

Image
©खेम गैह्रे  २०८२ असार २४ गते हुन त चप्पल पनि नलगाई, खाली खुट्टै बुटवलबाट नुन बोकेर ल्याउने पुस्ता आज पनि हाम्रै वरिपरि देखिन्छ। उनीहरूका चाउरिएको अनुहारले समयको कथा सुनाइरहेका हुन्छन्। तर अहिलेको पुस्ता हेर्दा र आफ्नै बाल्यकाल सम्झँदा, कहिलेकाहीँ अचम्म लाग्छ।  हामीले पनि यति धेरै परिवर्तनको बिचमा जन्मियौं र हुर्कियौं कि हाम्रो सम्झनाहरु आजको बालबालिकालाई कथा र कहानीजस्तै लाग्न थालिसक्यो। आजको पुस्ताले हेर्ने सिरियल नेटफ्लिक्स मा आउँछ, हाम्रो पुस्ताले हेर्ने सिरियल भने "एन्टेफ्लिक्स थियो- एन्टेना फ्लेक्स गर्दा आउने टिभी।" त्यो पनि ब्ल्याक एण्ड व्हाइट! आँगनको डिलमा ठूलो बाँसको टुप्पामा झुन्ड्याइएको एन्टेना, र त्यो एन्टेना घुमाउने जिम्मा सधैं हामी बालबालिकाकै काँधमा। कहिले छानामा, कहिले रुखको टुप्पामा चढेर एन्टेना समाउने काम।  पढ्न भन्दा एन्टेना घुमाउनै सजिलो हुन्थ्यो। बिष्णुपुराण र हिजोआजका कुरा हेर्ने दिन त घरमा युद्ध हुन्थ्यो। एक जना भित्र टिभीको पर्दा हेर्दै- आयो आयो! भनेर कराउँथ्यो, अर्को बाहिर एन्टेना घुमाउँदै- अब आयो? भन्दै चिच्याइरहन्थ्यो । धन्न त्यो बेलामा मोबाइल थ...

कहिल्यै स्कुल नजाने हेडसर !

Image
©खेम गैह्रे २०८२ असार २३  आजकल मैले छोराको होमवर्क गराउँदा बारम्बार गुगल सर्च गर्नु पर्ने हुन्छ। कस्तो अचम्म लाग्छ, कहिलेकाहीं छोरोले सोधेका प्रश्न मलाई पनि थाहा हुँदैन। म आफ्नो स्कूल जीवन सम्झन्छु, जहाँ न त यस्तो जटिल पाठ्यक्रम थियो, न त कोही घरमा पढाइमा साथ दिने कोही हुन्थे। अनि लाग्छ बच्चाको पढाइको आधार त सानैमा तय गर्नुपर्दोरहेछ। म बाल्यकालमा एउटा सानो गाउँको प्राथमिक विद्यालयमा पढ्थें। घरदेखि स्कुल धेरै टाढा थिएन, यही सहजताको कारण आमाबाबुहरूले मलाई त्यही स्कुलमा भर्ना गरिदिनुभयो। केटाकेटी हिंड्न सक्दैनन भनेर टाढाको हाइस्कुलमा पढाउन कोही चाहँदैनथे, स्कूल गए पुग्छ! भन्ने सोच प्रचलित थियो। पढाइको स्तर, शिक्षण पद्धति, सिकाइको प्रभाव यी सबै कुराले खासै मतलव राख्दैनथे। हामीजस्तो सामान्य परिवारमा शिक्षाको मतलब थियो बच्चा स्कुल गयो कि गएन। किताब किनिदिएपछि अभिभावकको जिम्मेवारी सकिन्थ्यो। स्कुल गएपछी पढ्या त होला नि ! भन्ने सोच प्रबल थियो। न त बच्चाले पढेको हेर्ने चलन थियो, न त होमवर्क गरेको जाँच्ने। आज म छोराले लेखेको एक एक शब्द ध्यानपूर्वक पढ्छु। उसले के बुझ्यो, के लेख्यो, शिक्षकले क...

खरबारीको बाटो हुँदै वर्तमान सम्म !

Image
©खेम गैह्रे २०८२ असार २३  समय कति छरितो चालले अघि बढ्दो रहेछ! लाग्छ, यो कुनै उकालो चढिरहेको खोली हो, जुन आफूलाई सम्हाल्न नपाउँदै बग्दै जान्छ। हिजो जुन कुरा सामान्य लाग्थ्यो, आज त्यसैलाई सम्झिँदा मन अचम्मले भरिन्छ। कहिले काँही त विश्वासै लाग्दैन म वास्तवमै त्यस्तो जीवन बाँचेको थिएँ? अहिलेका बालबालिकाहरू बिहान ८ बजे उठेर मोबाइलको स्क्रिन हेरिरहेका हुन्छन्। ऊ बेला भने, हामी बिहानको झिसमिसे उज्यालोमा आँखा मिच्दै उठ्थ्यौं। बिहान घामै नउदाउँदै- "ए घामले पोलिसक्यो उठ " भन्ने आमाको आवाज बिहानको अलार्म जस्तै हुन्थ्यो। त्यो बेला खरबारी स्कुलजस्तै थियो- शारीरिक श्रमको, धैर्यताको, र जीवन बुझाइको पहिलो पाठशाला। म १०–१२ वर्षको थिएँ होला, जब एक्लै टाढाको  खरबारीमा घाँस काट्न जान्थेँ। हातमा हँसिया नाम्लो, सुनसान बाटो, कहिलेकाहीँ बाँदरको डर।  कहिलेकाहीँ, बालसुलभ कल्पनाले ममाथि राज गर्दथ्यो। बोटमुनि बसेर हावाको चालसँगै पातहरूको सुस्केरामा, घाँसको गन्हाउने गन्धमा हँसियाले भुइँमा ट्वाक-ट्वाक  हान्दै भविष्यका सपना बुनिन्थ्यो। अनि बिस्तारै फर्कने बाटो समाइन्थ्यो, जसमा दुःख पनि थियो र तृप्...

मैले सहर रोजें, छोराले विदेश रोज्ला !

Image
©खेम गैह्रे २०८२ असार २३  म पहिलो पटक स्याङ्जा बाट बुटवल झर्दा, त्यो मेरो लागि एउटा नयाँ संसार जस्तै थियो। टाढाबाट चम्किएजस्तो देखिने चिल्ला सडक, लाइन लागेका पसलहरू, गाडीहरूको हर्न, ठूला घरहरू, व्यस्त मान्छेहरू... सबै एकैचोटि अपरिचित लाग्थे। गाउँको शान्त वातावरणमा हुर्किएको मेरो मनलाई यो भीडभाडको जीवनले सुरुमा अलमल्यायो। तर गाउँबाट पहिल्यै झरेका बा का तरेलीहरू र आफन्तहरू भेट्न थालेँ। केही दिन उनीहरूको संगतमा बित्यो। उनीहरूसँग हिँड्दा प्रायः एउटै किसिमको कुरा सुनिन्थ्यो- "हामी यहाँ झरेका बेला कति सस्तो थियो जमाना! अहिलेको यो घर भएको ठाउँ त दस हजारमै किनेका थियौं।"   म 'ओहो!' भन्दै जिब्रो टोक्थें, आश्चर्यचकित हुन्थेँ। त्यसपछि मनमनै प्रश्न उठ्थ्यो मेरा बा पनि त्यसबेला तराइ झरेको भए कस्तो हुन्थ्यो होला! आफ्ना बा को अनुहार सम्झन्थेँ। गाउँका खेतबारी, माटाका घर, हाँस्ने खेल्ने गाउँले जीवन... त्यसैमा रमाएका बा सहर झर्ने कुरा कहिल्यै सोंच्नुभएन कि सोच्दा पनि त्यति सजिलो थिएन होला। म भने हेर्दै गएँ- उबेला तराइ झरेका बा का तरेली साथीहरूका अहिले शहरमा ठूला घर र गाडी भएका छन्। सस्...

छोराको होमवर्क गराउन गुगलको सहारा !

Image
©खेम गैह्रे २०८२ असार २३  समय: ४:४१ दिउँसो आजकल मैले छोराको होमवर्क गराउँदा बारम्बार गुगल सर्च गर्नु पर्ने हुन्छ। कस्तो अचम्म लाग्छ, कहिलेकाहीं छोरोले सोधेका प्रश्न मलाई पनि थाहा हुँदैन। म आफ्नो स्कूल जीवन सम्झन्छु, जहाँ न त यस्तो जटिल पाठ्यक्रम थियो, न त घरमा पढाइमा साथ दिने कोही हुन्थे। अनि लाग्छ बच्चाको पढाइको आधार त सानैमा तय गर्नुपर्दोरहेछ। म बाल्यकालमा गाउँको सानो प्राथमिक विद्यालयमा पढ्थें। घरदेखि स्कुल धेरै टाढा थिएन, यही सहजताको कारण आमाबाबुले मलाई त्यही स्कुलमा भर्ना गरिदिनुभयो। केटाकेटी हिंड्न सक्दैनन भनेर टाढाको हाइस्कुलमा पढाउन कोही चाहँदैनथे, स्कूल गए पुग्छ! भन्ने सोच प्रचलित थियो। पढाइको स्तर, शिक्षण पद्धति, सिकाइको प्रभाव यी सबै कुराले खासै मतलव राख्दैनथे। हामीजस्तो सामान्य परिवारमा शिक्षाको मतलब थियो बच्चा स्कुल गयो कि गएन। किताब किनिदिएपछि अभिभावकको जिम्मेवारी सकिन्थ्यो। स्कुल गएपछी पढ्या त होला नि ! भन्ने सोच प्रबल थियो। न त बच्चाले पढेको हेर्ने चलन थियो, न त होमवर्क गरेको जाँच्ने। पढाइमा बालबालिकाको रुचिले कति ठूलो भूमिका खेल्छ भन्ने कुरा मैले आफ्नै अनुभवबाट बुझ...