बदलिएको दाइजो प्रथा- एक दिनको इज्जत

खेम गैह्रे गल्याङ् नगरपालिका-१, मालुङ्गा, स्याङ्जा। हामीलाई केही चाहिँदैन, कन्या भए पुग्छ। यो वाक्य सुन्दा कति सफा, सरल र प्रगतिशील लाग्छ। पहिलो पटक सुन्दा म पनि भावुक भइदिएँ। यही हो आजको सोंच, यही हो परिवर्तन, यही हो आशाको किरण! तर त्यो वाक्यको गहिराइमा लुकेको आग्रह, त्यो 'केही चाहिँदैन' पछाडि लुकेको तर… भने मलाई पछि थाहा भयो जब म नजिकको आफन्तको बिहेमा प्रत्यक्ष सहभागी भएँ। बिहे नजिकिँदै जाँदा तयारी धमाधम चलिरहेको थियो। केटी पक्षबाट खासै कुरा उठाइएको थिएन। सबै कुरा सहज र सादगीपूर्ण राख्ने सोच थियो। तर अन्तिम तिर बेहुला पक्षबाट सन्देश आयो- "लौ एक दिनलाई त ठाउँ राखिदिनु पर्यो, कान्छो भाइको बिहे रमाइलो गर्नुपर्छ भनेर दिदीहरू कराए, के गर्ने! एक दिनको इज्जत त जोगाइदिन पर्यो हजुर!" त्यो 'एक दिनको इज्जत' भन्ने शब्दले नै मेरो मनोविज्ञान पल्टाइदियो। सानो बिहे गर्ने योजनामा अचानक महँगो पार्टी प्यालेसको बुकिङ भयो, जन्ती-पाहुना सत्कारको सूची लामो हुन थाल्यो। सुरुवातमा- कन्या भए पुग्छ भन्ने अभिव्यक्ति कसरी एक दिनको इज्जत को बोझमा परिणत भयो, त्यो अनुभव प्रत्यक्ष देख्न प...